Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १७ : २१ मा प्रकाशित

सोनापुर मिनरल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । आज (बुधबार) सेबोनले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीलाई ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ बरावरको आईपीओ निष्कासन गर्न सेबोनले अनुमति दिएको हो । स्वीकृती पाएसँगै कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्कासन गर्नेछन् । 

जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्कासन गर्नेछ । त्यस्तै सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेकालाई समेत) प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको