Like us!
Follow us!
Connect us!
Watch us!

४ मेगावाटको माथिल्लो लोहोरे बनाउन आज देखि खुल्यो अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ

अर्थ संसार

विहीबार, १८ साउन २०८०, ०८ : २५ मा प्रकाशित

४ मेगावाटको माथिल्लो लोहोरे बनाउन आज देखि खुल्यो अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ

अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर (आईपीओ) सर्वसाधारणको लागि आज साउन १८ गते देखि खुला भएको छ।  यसघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरू र वैदेशिक राेजगारीमा गएका नेपालीहरूलाई आईपीओ बन्द गरिसकेको छ। 

कम्पनीको जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारण लागि छुट्याएको थियो। जसमध्य १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशिक राजोगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरियो भने  ३९ हजार ७६५ कित्ता  कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर पनि सर्वसाधारणका लागि थप हुदैं  निष्काशन गरिएको हो। 

कति दिने आवेदन ?

 न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

साउन २२ गते बन्द हुनेछ भने माग अनुसार आवेदन नपरेमा साउन ३२ गते खुल्ने छ 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   

रेटिङ कति ?

रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । 

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रोजेक्ट र लागत 

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना हो।  प्रोजेक्टको प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको