Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा उछाल, ईपीएस कति छ ?

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १३ : ०८ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा उछाल, ईपीएस कति छ ?

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंकले ३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहाेरेकाे थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ८२.४५ प्रतिशतले बढेर १६ करोड ४८ लाख रूपैयाँ पुगेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ९ करोड ३ लाख ४६ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंक ३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।   

वितरणयोग्य नाफा

बैंककाे वितरणयोग्य नाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ । 

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा १७ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ८१ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको