Like us!
Follow us!
Connect us!
Watch us!

बलियो जगेडा कोष भएको नबिल बैंकको नाफा ७६.८६% र ईपीएस ४९.२५% बढ्यो

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ०७ : ५३ मा प्रकाशित

बलियो जगेडा कोष भएको नबिल बैंकको नाफा ७६.८६% र  ईपीएस ४९.२५% बढ्यो

नबिल बैंक लिमिटेड गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार नबिलले आफ्नो नाफा अधिकतम बढाएको छ। 

खुद नाफा

समीक्षा अवधिसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी

बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष  खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

सञ्चालन मुनाफा

बैंकको सञ्चालन मुनाफा ७५.३६ प्रतिशतले बढेर ११ अर्ब १ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष मुनाफा ६ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।

खराब कर्जा अनुपात (एनपीएल)

एनपीएल ०.६४ प्रतिशतबाट बढेर १.२३ प्रतिशत पुगेको छ।

इम्पेयरमेन्ट चार्ज

इम्पेयरमेन्ट चार्ज  बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। 

वितरणयोग्य मुनाफा
३ अर्ब ९६ करोड १० लाख रुपैयाँ

बैंकको प्रति सेयर लाभांस दिने क्षमता 

 १४ रुपैयाँ ६४ पैसा 

प्रति सेयर आम्दानी

१८.६४ रुपैयाँबाट  २७ रुपैयाँ ८२ पैसा पुगेको छ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

२१.५४ गुणा

प्रतिशेयर नेटवर्थ

२१४ रुपैयाँ ६९ पैसा 

चुक्ता पूँजी

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ

जगेडा कोष
३१ अर्ब ३ करोड १८ लाख रुपैयाँको सञ्चित 

निक्षेप संकलन र कर्जा परिचालन

समीक्षा अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको