Like us!
Follow us!
Connect us!
Watch us!

कतिमा भयो नेप्सेमा आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, २१ साउन २०८०, ११ : १३ मा प्रकाशित

कतिमा भयो नेप्सेमा आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार ?

आज साउन २१ गते आइतबार धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा नयाँ कम्पनीको कारोबार सुरू भएको छ । नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार आज भएको हो ।                                                                                            

आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा आइएमई लाइफको पहिलो कारोबार प्रतिकित्ता ५२९ रूपैयाँ ५० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रूपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको थियो ।

त्यस्तै, आजै नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार प्रतिकित्ता २५० रूपैयाँ ४० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १८४ रूपैयाँ ४७ पैसादेखि अधिकतम २५३ रूपैयाँ ४१ पैसा ओपनिङ रेन्ज तोकेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको