Like us!
Follow us!
Connect us!
Watch us!

के ९% ब्याजको ऋणपत्रले लगानीकर्तालाई आकर्षित नगरेकै हो ? नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ०७ : ५३ मा प्रकाशित

के ९% ब्याजको ऋणपत्रले लगानीकर्तालाई आकर्षित नगरेकै हो ? नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

 साउन १८ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रको समय थपिएको छ । आवेदन खुला गरिएको समयमा माग अनुसार आवेदन नपरेपछि बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ को समय थप गरेको हो।  अब यस ऋणपत्रमा अब साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्य ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो।  सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। 

कति दिने आवेदन ?

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिले सम्म दिने आवेदन ?
साउन ३१ गतेसम्म 

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा " मेरो सेयर"प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक ?

ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 रेटिङ

 क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। 

ब्याज कति ?

९ प्रतिशत

ब्याज भुक्तानी तरिका 

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

छैन ऋणपत्रमा आकर्षण 
यस ऋणपत्रमा २२ साउन सम्मको आवेदन सङ्ख्या हेर्ने हो पनि निकै निराशजनक आवेदन परेको छ। ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएकोमा हालसम्म केबल २०७८ जना बाट केबल  १ लाख २९ हजार ९० कित्ताको लागि आवेदन परेको छ।  जुन निकै नै निराशजनक आवेदन हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको