Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकका ३ वटा सहायक कम्पनीले पाए नेप्सेबाट ब्रोकर सदस्यता

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ११ : ०३ मा प्रकाशित

वाणिज्य बैंकका ३ वटा सहायक कम्पनीले पाए नेप्सेबाट ब्रोकर सदस्यता

वाणिज्य बैंकका ३ वटा सहायक कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट ब्रोकर सदस्यता पाएका छन् ।

 नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले साउन १९ गते शुक्रबार नेप्सेबाट ब्रोकर सदस्यता पाएका हुन् । जसमध्ये, मेगा स्टक मार्केट्स पूर्ण कार्य गर्ने ब्रोकर, माछापुच्छ्रे सेक्युरिटिज सिमित कार्य गर्ने ब्रोकर र नबिल सेक्युरिटिज धितोपत्र व्यापारी रहेका छन् ।
 
त्यसैगरी,  नबिल सेक्युरिटिजले ब्रोकर नम्बर ७७, मेगा स्टक मार्केट्सले ब्रोकर नम्बर ७५ र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले ब्रोकर नम्बर ७६ को नामबार कारोबार गर्नेछन् । 

दोश्रो बजारमा कारोबार सुरू गर्नुअघि यी ब्रोकरहरूले सिडीएस एण्ड क्लिरयरिङ हाउसबाट मेम्बरको सदस्यता लिनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको