Like us!
Follow us!
Connect us!
Watch us!

सर्कुलर मार्फत राष्ट्रबैंकले लियो आयातमा केहि खुकुलो नीति

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, ०८ : १८ मा प्रकाशित

सर्कुलर मार्फत राष्ट्रबैंकले लियो आयातमा केहि खुकुलो नीति

नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै आयातलाई केहि खुकुलो बनाएको छ। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न 'इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९' मा संशोधन गर्दै केही खुकुलो नीति ल्याएको हो ।  

सोमबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो ।नयाँ व्यवस्थासँगै अब तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी (वस्तु आयतको बैंकिङ भुक्तानी प्रणाली प्रतिपत्र) खोल्न पाइने भएको छ । यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था रहेको थियो। 

तेस्तै  भारतबाट हुने आयातमा भने भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको सीमा केन्द्रीय बैंकले तोकेको छ । तेती मात्र नभई बैंकले एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको छ ।

उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरू मार्फत हुने आयातको हकमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तै, आयातमा राख्नुपर्ने धरौटी पनि घटाएको छ । केन्द्रीय बैंकले उद्योग र व्यापारिक संस्थाले गर्ने आयातमा राख्नुपर्ने धरौटीको सीमा घटाएको हो । अब उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्नेछ ।

यस्तो छ सर्कुलर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको