Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरको मुद्दामा आज सुनुवाई हुँदै

अर्थ संसार

विहीबार, २५ साउन २०८०, ११ : ०८ मा प्रकाशित

गभर्नरको मुद्दामा आज सुनुवाई हुँदै

सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सुनुवाई हुँदैछ । आज न्यायधीशद्वय प्रकाश कुमार ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलाशमा पेशी तोकिएको हो । यो मुद्दा उक्त इजलाशको २०औँ नम्बरमा तोकिएको छ ।  

जनार्दन शर्मा अर्थमन्त्री हुँदा २०७९ वैशाखमा सरकारले  उनलाई निलम्बन गरेको थियो । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।  

यस मुद्दामा सर्वोच्च अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको