Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेन भगवान हाेइन, अब फेरि बाेर्डमा बसेर काम गरे छिट्टै बुढाे हुन्छु : हमाल

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १२ : ०८ मा प्रकाशित

सबै ब्रोकरहरूले फेयर कम्पिटिसन गरून् भन्ने आफ्नो चाहाना रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बताउँछन् । धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले नयाँ ब्रोकरहरूका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, 'हामीले चाहेको भनेको कसैलाई पनि मार्ने कसैलाई पनि पोस्ने होइन । हामी चाहान्छौँ सबै ब्रोकरहरू कम्पिटिसन गरून्, फेयर कम्पिटिसन । र उहाँहरूको फेयर कम्पिटिसनको प्रतिफल लगानीकर्ताले पाउन् । खोजेको कुरा यत्ति हो । त्यसकारण हामीले सबै ब्रोकरहरूलाई समान दृष्टिले हेर्छौँ र सबै ब्रोकरहरूलाई हामीले त्यो किसिमको फेसिलेसन गर्छौँ । ब्रोकरहरू भनेको सबै ट्रान्जेक्सनमा इन्भल्भ हुने पार्टी हो । ब्रोकरहरू सबल नभएसम्म यो बजार सबल हुँदैन ।'

आफ्नो कार्याकाल धेरै छोटो बाँकी रहेको हुनाले आफूले सकेसम्म आफ्नो टाइममा आफूले राखेका नीतिहरूमा सम्पूर्ण समय दिने उनले बताए । अर्को कार्यकालका लागि आफूले हालसम्म सरकारलाई कमिटमेन्ट दिईनसकेको उनी बताउँछन् । नेपालको वातावरणमा काम गर्न धेरै चुनौती रहेको भन्दै उनले अर्को ४ वर्ष आफूले यही काम गरे आफू चाँडै बुढो हुने बताए ।

अहिलेका सूचीकृत कम्पनीहरू बजारका लागि पर्याप्त नरहेकाे उनकाे तर्क छ । अधिकतम भन्दा अधिकतम कम्पनीलाई लिस्टिङमा ल्याउनुपर्ने र यसाे गर्दा ब्राेकरहरूकाे भाेल्यूम पनि ठूलाे हुने, बाउन्ड्री पनि फैलेर जाने, राज्यकाे राजश्व प्रणालीमा पनि ठूलाे सुधार आउने उनले बताए ।

आफूहरू पनि मानव नै रहेकाे र सेबाेन पनि भगवान नरहेकाे उनले बताए । 

भिडियाे हेर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको