Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १३ : ३४ मा प्रकाशित

कुमारी क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

कुमारी क्यापिटलद्धारा सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले लाभांश घाेषणा गरेका छन् ।

कुमारी क्यापिटलकाे हिजाे साउन २५ गते, बिहीबार बेलुका बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७९/८० को लागि  “कुमारी सामूहिक लगानी कोष" अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।

क्यापिटलले बुकक्लाेज सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने जनाएकाे छ । 

सूचना हेर्नुहाेस् :

64d5ea83155e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको