Like us!
Follow us!
Connect us!
Watch us!

विकास ऋणपत्रमार्फत आज १० अर्ब आन्तरिक ऋण उठाइने

अर्थ संसार

आइतबार, २८ साउन २०८०, ०९ : ४३ मा प्रकाशित

विकास ऋणपत्रमार्फत आज १० अर्ब आन्तरिक ऋण उठाइने

आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ आज (आइतबार) बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारलाई ऋण उठाउन लागेको हो। 

विकास ऋणपत्र आज अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यस विकास ऋणपत्रलाई  बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यस ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

यस ऋणपत्रको ब्याज अर्ध वार्षिकरुपमा भुक्तानी हुनेछ । ब्याजमा ब्याजकर भने लाग्नेछ । राष्ट्र बैंकले २०८८ साउन २९ गते यस ऋणपत्रको साँवा भुक्तानी गर्नेछ। 

आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र पाउनेछन।
 
ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको