Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १३ : १४ मा प्रकाशित

राष्ट्र बैंकद्वारा समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे व्यवस्थापन गर्न ९ जना सर्टलिस्ट गरेकाे छ । राष्ट्र बैंककाे लघुवित्त संस्था सुपरिवेक्षण विभाग छनाेट समितिकाे सचिवालयले ९ जनाको नाम सर्टलिस्ट गरेकाे हाे । 

समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनोट गर्ने सिलसिलामा प्रकाशित सूचनाका आधारमा दरखास्त पेश हुन आएका स्वीकृत उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्ययोजना एवम् सोको प्रस्तुतीकरण समेतबाट ९ जना छनोट गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकले तलकाे सूचनामा उल्लेख गरिएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि उपस्थित हुन अनुराेध गरेकाे छ । सर्टलिस्टमा परेका उम्मेदवार नागरिकता, शैक्षिक योग्यता र अनुभवका सक्कल प्रतिसहित तोकिएको मिति र समयमा यस छनोट समितिको सचिवालय, बालुवाटार, काठमाडौंमा उपस्थित हुनुपर्नेछ । साथै, तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारका लागि पछि कुनै व्यवस्था नगरिने समेत राष्ट्र बैंकले जनाएकाे छ ।

सूचना हेर्नुहाेस् :

64d9dbaa4d525.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको