Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

अर्थ संसार

सोमबार, २९ साउन २०८०, १६ : ५६ मा प्रकाशित

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

आज (साेमबार) सेयर बजारमा सामान्य करेक्सन देखिएकाे छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेकाे छ । नेप्से ०.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ३९८.१३ विन्दुमा पुगेकाे छ । 

कूल २७९ वटा कम्पनीकाे ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आजका टप ब्रोकरको कुरा गर्नुपर्दा आज ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ३४ को प्ल्याटफर्मबाट आज १४ करोड ९२ लाख ९० हजारको सेयर खरिद हुँदा १० करोड १ लाख १० हजारको सेयर बिक्री भएको छ ।

ब्रोकर नम्बर ३४ काे Top Buy र Top Sell यस प्रकारका छन् :

Top Buy

स्ट्यान्डर्ड चार्टर्ड बैंक - २७ हजार ९ सय ९३ कित्ता
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक - ३५ हजार ४ सय २१ कित्ता
एभरेष्ट बैंक लिमिटेड - १९ हजार ६ सय ८२ कित्ता

Top Sell

साेल्टी हाेटल - ४० हजार ३ सय २२ कित्ता
छिमेक लघुवित्त - ४ हजार ८ सय ३ कित्ता
सानिमा बैंक - १२ हजार २ सय ८० कित्ता

त्यसैगरी, टप ब्राेकरकाे दाेश्राे नम्बरमा आज ब्रोकर नम्बर ४९ अर्थात् अनलाइन सेक्युरिटिज रहेको छ । ब्रोकर नम्बर ४९ बाट साेमबार १० करोड ४३ लाख ९४ हजारको सेयर खरिद हुँदा ११ करोड ४८ लाख ८३ हजारको सेयर बिक्री भएकाे छ । 

ब्रोकर नम्बर ४९ काे Top Buy र Top Sell यस प्रकारका छन् :

Top Buy

सानिमा बैंक - २७ हजार ६९ कित्ता
छिमेक लघुवित्त - ७ हजार ६ सय ६४ कित्ता
साेल्टी हाेटल - १४ हजार ४ सय ९६ कित्ता

Top Sell

माछापुच्छ्रे बैंक - ३८ हजार ३ सय ४२ कित्ता
सानिमा बैंक - ३१ हजार ९ सय ६ कित्ता
छिमेक लघुवित्त - ७ हजार ५ सय ७९ कित्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको