Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको खुद नाफा ९९.५९%ले घट्यो, प्रति सेयर आम्दानी केबल ३ पैसा

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ०६ : ३२ मा प्रकाशित

अरुण काबेलीको  खुद नाफा ९९.५९%ले घट्यो, प्रति सेयर आम्दानी केबल ३ पैसा

अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

यस्ता छन् सूचकहरु :

खुद नाफा 

अरुण काबेली लिमिटेडको खुद नाफा ९९.५९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको काबेलीले समिक्षा अवधिमा केबल ६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 

विद्युत बिक्री आम्दानी

काबेलीको विद्युत बिक्री आम्दानी घटेको छ। गत आर्थिक सम्म कम्पनी विद्युत बेचेर केबल  ६५ करोड ३२ लाख रुपैयाँ कमाएको छ। गएको वर्ष विद्युत बिक्री आम्दानी ७२ करोड १४ लाख रुपैयाँ कमाएको थियो। आम्दानी ९.४५ प्रतिशत घटेको हो। 

किन घट्यो विद्युत आम्दानी ?

कम्पनीले विद्युत बिक्री आम्दानी घट्नुको कारण जेठ ३२ गते र असार २ गते रातिको अविरल वर्षापछि काबेली नदी लगायत पूर्वका सबै नदीहरुमा उच्च बाढी आई काबेली बि १ जलविद्युत आयोजनाका संरचनाहरुमा असर परेको बताएको छ।  बाढीका कारण पहिरो गई पेनस्टक पाईप बहाएको तथा बाँध क्षेत्रमा ढुंगा तथा बालुवा थुप्रेका कारण हाल परियोजना बन्द रहेको कम्पनीले जनाएको छ।

प्रति सेयर आम्दानी
३ पैसा 

प्रति सेयर नेटवर्थ
१०० रुपैयाँ ७९ पैसा 

चुक्ता पुँजी

२ अर्ब ४ करोड ७ लाख 

जगेडा कोष
१ करोड ६० लाख रुपैयाँ सञ्चित

नोक्सानी र क्षति 

बाढीका कारण काबेली बि १ जलविद्युत आयोजनाका संरचनाहरुको नोक्सानीको क्षतिपूर्ति बापत कम्पनीले ३५ करोड ८१ लाख ५३ हजार १४ रुपैयाँ बीमा दाबी गरेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको