Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, २१ : २८ मा प्रकाशित

बढ्यो  डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य फेरी बढाएको छ । निगमले आज राती १२ बजे देखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य लिटरमा ५ रुपैयाँले बढेको छ । यसअघि पट्रोलको मुल्य प्रतिलिटर १७० देखि १७३ रुपैयाँसम्म थियो । अहिले त्यो बढेर १७५ देखि १७८ रुपैयाँसम्म पुर्याइएको हो ।

तेस्तै डिजेल र मट्टीटेलको मुल्य लिटरमा १४ रुपैयाँले बढेको  छ । यसअघि यसको मुल्य प्रति लिटर १५०.५० देखि १५३ रुपैयाँसम्म थियो । अब भने प्रतिलिटर १६४.५० रुपैयाँदेखि १६७ रुपैयाँसम्ममा डिजेल र मट्टीतेल पर्नेछ ।

इन्डीयनआयल निगमले आज पेट्रोलियम पदार्थको नयाँ मुल्य सुची पठाएको छ, जुन बढेर आएको छ । भारतबाट पेट्रोलको ३.८५ रुपैयाँ र डिजेल ११.२५ रुपैयाँले मुल्य बढेको छ । निगमले केही समयअघि देखि पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू गरेको छ । सोहीअनुसार भारतबाट आएको मुल्यको सुचीको आधारमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको