लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज (साउन ३१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नका लागि साउन ३२ गते, बिहीबार बुकक्लोज गर्ने भएका छन् । त्यसैले, आज साउन ३१ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भई कायम हुने सेयरधनीहरुले मात्रै यी दुई फण्डले प्रदान गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०७९/८० का लागि लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फण्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ ।
दुवै फण्डकाे योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल मार्केट रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस