Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्याेरेन्सकाे वित्तीय चिरफार : नाफासहित अधिकांश सूचकमा सुधार

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १३ : १८ मा प्रकाशित

प्रभु इन्स्याेरेन्सकाे वित्तीय चिरफार : नाफासहित अधिकांश सूचकमा सुधार

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चाैथाे त्रैमाससम्म कम्पनीले २४ करोड १५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २९.७६ प्रतिशतले धेरै हो । अघिल्लाे वर्षकाे यसै अवधिमा कम्पनीले १८ करोड ६१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बिमा शुल्क

यस अवधिमा कम्पनीले ६३ करोड ८१ लाख ७१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । उक्त रकम गत आर्थिक वर्षको साेही अवधिको तुलनामा ३३.२८ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधिमा कम्पनीले ४७ करोड ८८ लाख ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियाे ।

कर्जा तथा अन्य लगानीबाट आम्दानी

समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट ३ करोड ७० लाख रूपैयाँ आम्दानी गरेको छ ।

बीमा कोष

कम्पनीले बीमा कोषको आकार बढाएर १ अर्ब ३ करोड ६१ लाख ४० हजार रुपैयाँ पुर्याएकाे छ । 

महाविपत्ती कोष

कम्पनीकाे महाविपत्ती कोषमा ९ करोड २० लख रुपैयाँ सञ्चित रहेको छ ।

चुक्ता पूँजी

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष

यस कम्पनीको जगेडा कोषमा २२ करोड ६४ लाख २३ हजार रुपैयाँ सञ्चित रहेकाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

कम्पनीकाे प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ रहेकाे छ ।

पीई रेसियाे

कम्पनीकाे मूल्य आम्दानी अनुपात ४३ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको