Like us!
Follow us!
Connect us!
Watch us!

भोले गणेश अर्थात् ब्रोकर नम्बर ६१ बाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १५ : ४६ मा प्रकाशित

भोले गणेश अर्थात् ब्रोकर नम्बर ६१ बाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै

भुक्तानी सेवा प्रदायक इसेवाबाट भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक (चिफ मेनेजर)  आशिष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक (जेनेरल मेनेजर) अन्जिब तुलाधरले हस्ताक्षर गरेका छन् । 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको