Like us!
Follow us!
Connect us!
Watch us!

टप ब्राेकरकाे खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, १७ : ४५ मा प्रकाशित

टप ब्राेकरकाे खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

आज बजार घट्दा टप ब्रोकरको खरिद भन्दा बिक्री धेरै देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेकाे छ । नेप्से १.५३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा पुगेकाे छ । 

कूल २७८ वटा कम्पनीकाे ५६ लाख ३ हजार एक सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

टप ब्राेकरहरूकाे सूची नियाल्दा आज ब्रोकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ३४ प्ल्याटफर्मबाट ११ करोड ५३ लाख ३० हजारको सेयर खरिद हुँदा १३ करोड २२ लाख ३६ हजारको सेयर बिक्री भएकाे छ ।

ब्रोकर नम्बर ३४ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy
Everest Bank - २९ हजार २ सय ६० कित्ता
स्ट्यान्डर्ड चार्टर्ड बैंक - २८ हजार ४ सय ७४ कित्ता
शिवम् सिमेन्ट - १७ हजार ५ सय २७ कित्ता

Top Sell
शिवम् सिमेन्ट - ४५ हजार ३ सय ८४ कित्ता
हिमालयन डिष्टिलरी - ७ हजार ७ सय ९७ कित्ता

साेल्टी हाेटल - १८ हजार ८ सय ७५ कित्ता 

दाेश्राेमा आज ब्रोकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ४२  बाट आज ८ करोड १२ लाख ४७ हजारको सेयर खरिद हुँदा १६ करोड ३६ लाख ९७ हजारको सेयर बिक्री भएकाे छ ।

ब्रोकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy
हिमालयन डिष्टीलरी - ४ हजार ५ सय ८५ कित्ता
अप्पर स्याङ्गे हाइड्राेपावर - २३ हजार ४ सय ७९ कित्ता
अाइएमइ लाइफ इन्स्याेरेन्स - ५ हजार ९ सय ३७ कित्ता

Top Sell

हिमालयन उर्जा - १ लाख ५० हजार ७ सय ३ कित्ता
हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे प्रमाेटर सेयर - ३५ हजार ६ सय ६७ कित्ता
एनसीसी बैंक डिबेञ्चर २०८६ - ११ हजार ५० कित्ता

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको