Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा

अर्थ संसार

सोमबार, ०४ भदौ २०८०, १० : ५२ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा

आज (भदौ ४) गते नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार भएको छ। सोमबार कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

आइतबार मात्र यस कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको थियो। 

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। जस अनुसार नै स्पेशल प्रिओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई केबीएसएच सिम्बोल प्रदान गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको