नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडलाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे ।
यी ३ वटै कम्पनीले नेप्सेमा लाभांश सम्बन्धी सूचना ढिला सूचना दिएका हुनाले सूचना लुकाएकाे आरोपमा यी कम्पनीको कारोबार रोक्का गरिएको थियाे ।
त्यसैगरी, यी ३ वटै कम्पनीले अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै यी कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस