Like us!
Follow us!
Connect us!
Watch us!

२ रुपैयाँ नाफा हुनेबित्तिकै बेचिहाल्ने प्रवित्तिले नेप्सेमा उच्च गिरावट

अर्थ संसार

विहीबार, ०७ भदौ २०८०, १५ : ३० मा प्रकाशित

२ रुपैयाँ नाफा हुनेबित्तिकै बेचिहाल्ने प्रवित्तिले नेप्सेमा उच्च गिरावट

आज बिहिबार। साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३१.५२ अंकले घटेको छ। बजार घट्दै गर्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहिबारको दिन नेप्सेमा १ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो।  

आज सबैभन्दा धेरै बढ्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी रहेको छ। यो कम्पनीको मूल्य ९.९९% ले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा मोलुंग हाइड्रोपावर कम्पनी रहेको छ। यो कम्पनीको मूल्य ८.५४% ले घटेको छ। सर्वाधिक कारोबार हुने कम्पनीको अग्रस्थानमा सोल्टी होटेल रहेको छ। आज सोल्टी होटेलको ७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।  

मंगलबारको दिन नेप्से परिसूचक १९९० को बिन्दुमा आईपुगेर बढ्न थालेको थियो। आज २०५१ को बिन्दुसम्म पुगेको बजार घट्न थाल्यो र अन्त्यमा २०१३ मा क्लोज भयो। पछिल्लो समय बजारमा ट्रेडरहरुको वर्चस्व देखिएको छ। केहि नाफा हुनेबित्तिकै सेयर बेचिहाल्ने प्रवित्तीले आज बजारमा गिरावट आएको जानकारहरु बताउँछन्। यतिबेला बजार घट्नुपर्ने कुनै कारण नभए तापनि बजारमा ठूलो पैसा आउन नसक्दा बजार माथितिर जान नसकेको देखिन्छ। 

64e727e5bd140.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको