स्टक ब्रोकर एसोसिएसनको समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भेटेर धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ को परिच्छेद २ र ३ लगायत विनियमावलीको धितोपत्र व्यवसायीको सदस्यतासँग सम्बन्धित सम्पूर्ण व्यवस्था खारेज गरि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०५० तयार गरि कार्यवाही अगाडी बढाइएकोमा गम्भिर ध्यानाकर्षण गराएको छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष धर्मराज सापकोटाको नेतृत्वमा गएको टिमले बोर्डका अध्यक्ष रमेश हमाललाई ध्यानाकर्षण गराउदै सेबोनमा पत्र पनि दर्ता गरेको छ। पत्रमा सरोकारवालाहरुसँग छलफल र परामर्श नै नगरी तयार गरिएको उक्त विनिमावलीमा भएका केही बुँदाहरुले समग्र पूँजीबजारमा हुने कारोबारलाई गम्भिर रुपमा संकुचित बनाउने कुरा एसोसिएसनले उल्लेख गरेको छ।
तेस्तै दोश्रो बजारद्वारा बजारमा तरलता अभिवृद्धि गर्ने मूल उद्देश्यलाई नै नकारात्मक असर गरी समग्र पूँजीबजारको दिर्घकालिन विकास र विस्तारलाई नै प्रभाव पार्ने विनियमावली आएको ठहर एसोसिएसनले गरेको छ।
पत्रमा सरकारको राजश्व, बोर्ड, नेप्से, सिडिएससीको आम्दानीमा समेत नकारात्मक असर पार्ने, व्यवसायीहरुको व्यवसायिक निरन्तरतालाई नै गम्भिर असर पार्ने, कारोबार रकममा आएको संकुचन तथा न्युन तरलताको कारण लाखौं लगानीकर्ताहरुको सम्पत्ति समेत बजारयोग्य नहुने भई सम्पत्तिमा ह्रास आउने, लगानीकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्पष्ट र सुदृढ नियमन र सुपरिवेक्षण व्यवस्थाको माध्यमबाट नेपालको पूँजीबजारलाई विकसित अर्थतन्त्रको पूँजीबजारसरह रुपान्तरित गर्नुपर्ने आजको आवश्यकतालाई सम्बोधन गरिनुको साटो लुकिछिपि हुनसक्ने कारोबारलाई प्रसय पुग्न गई देशमा अनौपचारिक अर्थतन्त्र मौलाउन थप टेवा पुग्ने लगायतका अनगिन्ती नकारात्मक प्रभावहरु पर्ने कुराहरु आएको कुरा उल्लेख गरिएको छ।
साथै उक्त विनियमावलीमा गर्नु पर्ने संसोधन पनि बोर्ड सामु प्रस्तुत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस