नेपाल निर्माणको युगमा प्रवेश गरिसकेको छ । तिब्र सहरिकरण संगै जमिन कम हुन थालिसकेको छ । यसै बिषयलाई सम्बोधन गर्न आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियरहरु अग्ला संरचनाको निर्माण अभ्यस्त हुन थालिसकेका छन्। नेपाल एक भु–परिवेष्ठित राष्ट्र भएता पनि लगभग समुन्द्रि सतहदेखी विश्वकै सर्वोच्च शिखर यसै भुमिमा अटेका छन्। तराइ देखि पहाड र हिमाली क्षेत्रको आफ्नो छुट्टै निर्माण अभ्यास छ जुन समय सापेक्ष हुन एकदम जरुरी छ । त्यसैले अब देशको सबै क्षेत्रमा बन्ने संरचना नवितम, दिगो र वातावरण उपयोगी हुनु जरुरी छ । यसै आवश्यकता अनुसार नेपालमा सन् २०१५ देखी एरो ब्रिक्स कंपनी प्रा. लिले एएसी ब्लकको उत्पादन सुरु गरि बजारिकरण गरिरहेको छ ।
एरो ब्रिक्स कंपनी प्रा. ली. नेपालको पहिलो बालुवामा आधारित एरिएटेड अटोक्लेभ्ड कंक्रिट निर्माता कम्पनी हो । २०१५ मा स्थापति कंपनीको उत्पादन युनिट खैरहनि–४, चितवनमा अवस्थित छ । पूर्ण स्वचालीत जर्मन प्रविधिमा आधारित मेसिन जडान भएको कम्पनी दैनिक ५०० घनमिटर ब्लक उत्पादन गर्न सक्ने क्षमता राख्दछ । विश्वभरिनै तिव्र गतिमा निर्माण क्षेत्रको प्रमुख निर्माण सामाग्री बन्न सफल एएसी ब्लक “छोटो समयमा नै” नेपाली प्रयोगकर्ताहरुको पनि छनोटमा पर्न थालिसकेको छ ।
हलुका वजन, थर्मल, ध्वनी र ओस प्रतिरोधक एएसी ब्लकहरु वातावरणको हिसाबले पनि उपयुक्त हुन्छ। नेपाल जस्तो भौगोलिक र जलवायु विविधता भएकको देशमा एएसी ब्लक एक उत्तम निर्माण सामाग्री बन्नेमा उत्पादक कम्पनी विश्वसत छ । ठुला र एकैसमान आकारमा उपलब्ध यि ब्लकहरुबाट निर्माण कार्यमा लाग्ने समय र धनराशीको उल्लेख्य बचत गर्न सकिन्छ । उत्पादन थालेको ७औं बर्षमा नै देशको सुगम र दुर्गम क्षेत्रका विभिन्न प्रकारका संरचनाहरुमा कंपनी उत्पादन एरोलाईट एएसी ब्लकको प्रयोग भई संरचनाहरुको निर्माण सम्पन्न भईसकेको छ ।
बजारमा उपलब्ध अन्य इट्टा वा ब्लकको तुलनामा झण्डै ३ गुणा हलुका ब्लकहरु दुर्गम क्षेत्रमा ढुवानि गर्दा लाग्ने खर्च समेत बचत गर्दछ। नेपाल जस्तो भुकम्पीय क्षेत्रमा भएको मुलुक जोखममा सधैं रहने गर्दछन्। त्यसैले उक्त जोखिम न्युनिकरण गर्न पनि नयां संचनाहरुमा भुकम्प प्रतिरोधि एएसी ब्लकको प्रयोग उपयुक्त हुन्छ। कम्पनीले
उत्पादन गरेको ब्लक नेपालको पुर्व मेचि देखी पश्चिम महाककाली पारिको दोधारा चांदनी सम्मको क्षेत्रमा प्रयोग भैसकेको छ। यसैगरि ३५०० मिटरभन्दा माथिको हिमाली क्षेत्र र बिकट क्षेत्रमा निर्माण भइरहेको बिद्यालय, अस्पताल, व्यवसायिक भवन र पावरहाउसको बिल्डिङहरु निर्माणमा समेत प्रयोग भइ संचालनमा आइसकेका छन्।
बि. सं. २०७२ साल मा आएको बिध्वंसात्मक भुकम्प पछि नेपालको निर्माण अभ्यास नै सुधार गर्नु पर्ने देखियो। भुकम्पबाट क्षति सवैभन्दा बढि निर्माण क्षेत्रले नै भोगेको थियो। भुकम्पमा भत्किएका संरचनाको पुनःनिर्माण हाल सम्म पनि भैरहेको छ भने धेरै सम्पन्न हुने तरखरमा रहेको छन्।
यसैबिच भएका केही प्रमुख पुनःनिर्माण कार्यमा पनि एरोलाइट एएसी ब्लकको प्रयोग भएको छ। गोर्खाको लाप्राकमा नेपाल पुनःनिर्माण प्राधिकरण र गैरआवासिय नेपालीको सहकार्यमा निर्मित ५७३ घरको एकिकृत बस्ति, सिन्धुपाल्चोकको दुगुनागढिमा निर्मित ९० भन्दा बढि घरको बस्ति, काठमाण्डौंको दरवार स्कुल, रिपुमर्दिनी शैनिक बिद्यालय, स्याङजा र गोर्खाकाविभिन्न स्थानका ब्यक्तिगत घरहरुमको निर्माण र पुनःनिर्माणमा पनि एरोलाइट एएसी ब्लकको प्रयोग भइ निर्माण सम्पन्न भइसकेका छन्।
एएसि उद्योगलाइ दिगो र उत्तरदायि बनाउन सरकारी निकायको साथ अनि सहयोगको खांचो छ। भारतबाट आयात हुने ब्लकको कर र गुणस्तरमा कडाइ गर्नु पर्ने, गुणस्तरको मापदण्ड तोकिनु पर्ने, सम्बन्धित क्षेत्रको बिषयमा पाठ्यक्रममा समावेस गर्नु पर्ने अहिलेको मुख्य बिषय हो ।
नेपालमा एएसि ब्लकको अग्रणी उत्पादक बन्ने लक्ष्य कम्पनीले राखेको छ। दक्ष प्राविधिक सहयोग र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेर ग्राहकहरूलाई उच्च गुणस्तर र लागत–प्रभावी उत्पादनहरू प्रदान गर्नेमा कम्पनीले विश्वास लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस