Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोले डाक्यो एजीएम, ६५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै

अर्थ संसार

आइतबार, १० भदौ २०८०, ११ : ३० मा प्रकाशित

जोशी हाइड्रोले डाक्यो एजीएम, ६५ प्रतिशत हकप्रद प्रस्ताव पारित गर्दै

जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा भदौ ३१ गते, लिसारा ब्याङ्क्वेट हल, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको जारी पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने र सेयर निष्कासनकाे लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिन्छ । कम्पनीले हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको पूँजी वृद्धि हने भएकोले कम्पनीको पबन्ध-पत्रको दफा ६(क), ६(ख), (घ) र ७ क) को संशोधन गर्ने तथा नियमावलीको नियम १८ (६), १९(७), २०, २३(१) र २(क) लाई कम्पनी ऐनको व्यवस्था अनुरुप संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदनलाई पारित गर्ने, आ.व. २०७८ / ७९ को लागि नियुक्त लेखा परिक्षक श्री I. P. Mainali & Associates द्वारा तयार पारिएको को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, आ. व. २०७९/०८० को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रिक्त संस्थापकबाट पद संख्या - १ र सर्वसाधारणबाट पद संख्या - १ गरी २ जना संचालक को निर्वाचन र स्वतन्त्र संचालकको नियुक्ति गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १८ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भदौ १७ गतेसम्म कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको