Like us!
Follow us!
Connect us!
Watch us!

युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ०८ : १७ मा प्रकाशित

युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए । 

युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरू सहभागी थिए । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको एनसेलको विज्ञप्तिमा उल्लेख छ । 

प्रेरणादायी वक्ताका रूपमा सहभागी जाब्बोरले १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुमाझ आफ्नो प्रस्तुति राखेका थिए । युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न उनीहरुले प्रेरित गरेका थिए । 

जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरेको बताएका थिए । उनले भनेका थिए, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाइँलाई अझ राम्रो बनाउँछन् ।’

युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताएका थिए । ‘यदि तपाइँ अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाइँले सपना देख्नु पर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतका वक्ता थिए । 

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।

64eebae87f913.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको