Like us!
Follow us!
Connect us!
Watch us!

साङ्गे विद्युतले डाक्यो एजीएम, आईपीओ र लाभांशसहित यस्ता छन् पारित हुने १० एजेन्डा

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १० : ५६ मा प्रकाशित

साङ्गे विद्युतले डाक्यो एजीएम, आईपीओ र लाभांशसहित यस्ता छन् पारित हुने १० एजेन्डा

साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा असाेज ९ गते, मंगलबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौँमा जुमकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा तलकाे बुँदाहरूमा उल्लेख भएबमाेजिम आईपीओ र लाभांशसहित विभिन्न १० वटा एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

छलफलको विषय :

क) साधारण प्रस्तावहरु

१) संचालक समितिको आ.व. २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने ।

३) आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।

४) आ.व. २०७७/७८ को नगद लाभांश (कर सहित) प्रस्ताव अनुमोदन गर्ने ।

५) लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

६) आ.व. २०७९/८० को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

७) आ.व. २०७८/७९ को नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्ने ।

ख) विशेष प्रस्तावहरु

१) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।

२) प्रारम्भिक सेयर निष्कासन (Initial Public Offering) गर्ने ।

(३) नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग) विविध
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको