Like us!
Follow us!
Connect us!
Watch us!

चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १६ : ३९ मा प्रकाशित

चौधरी ग्रुप र अडानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अडानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतीप्रतिको अटल समर्पणलाई दर्शाउँछ । 

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ'’प्रवन्ध निर्देशक चौधरीले भने । 

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अडानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्य मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिवद्ध रहँदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अडानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अडानी ग्रुपका चेयरपर्सन गौतम अडानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेनु भएकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे । हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा परेका गम्भिर दुर्घटनाको समयमा गौतम अडानीले गरेका सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरेका छन् ।  अडानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको