Like us!
Follow us!
Connect us!
Watch us!

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो

अर्थ संसार

शनिबार, २३ भदौ २०८०, २१ : १८ मा प्रकाशित

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो

 चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो । नविकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडीको बिक्री पनि गरेको छ । कम्पनीले यो अवधिमा १२.५ लाख गाडीहरु बिक्री गर्दै शिर्ष १० औं स्थानमा सामेल भएको हो ।

बिवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ । लगातार चौथो महिनामा बिवाइडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो । २०२३ को पहिलो ६ महिनामा बिवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यो अवधीमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ ।

बिवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बिवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो । सन् २०२२ अप्रिलबाट भने कम्पनीले कम्बस्टन इञ्जिन गाडीहरुको उत्पादन बन्द गर्ने र विद्युतीय गाडीमा मात्रै केन्द्रित हुने घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको