Like us!
Follow us!
Connect us!
Watch us!

बिवाइडीले 'स्पोट द डल्फिन अन द रोड' अभियान घोषणा

अर्थ संसार

शनिबार, २३ भदौ २०८०, २१ : २३ मा प्रकाशित

बिवाइडीले 'स्पोट द डल्फिन अन द रोड' अभियान घोषणा

बिवाइडीले 'स्पोट द डल्फिन अन द रोड' अभियान घोषणा गरेको छ। 

नेपालमा बिवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले 'डल्फिन अन द रोड' क्याम्पेन घोषणा गरेको हो।

क्याम्पेन सेप्टेम्बर ६ देखि ११ सम्म चल्नेछ। बिवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो सो २०२३ मा लन्च हुने कम्पनीको भनाइ छ। 

अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेटाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गर्नेले १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।

डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ। 

खिचिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ।

भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले जनाएको छ। त्यसबाहेक प्रत्येक सहभागीले नाडा अटो सो को टिकट निःशुल्क पाउनेछन्।

64fc9277b5677.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको