Like us!
Follow us!
Connect us!
Watch us!

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, ०६ : ३४ मा प्रकाशित

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

— ☭ Comrade Prachanda (@cmprachanda) September 12, 2023

 

उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको अस्पताल स्रोतले बतायो। उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा अस्पतालले गरेको थियो। 

हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको