Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओ बन्द,सर्वसाधारणलाई १.१० करोड कित्ता माथिको आईपीओ आउने

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १० : ३७ मा प्रकाशित

सोनापुर मिनरल्सको पहिलो चरणको आईपीओ बन्द,सर्वसाधारणलाई १.१० करोड कित्ता माथिको आईपीओ आउने

साउन २९ गते देखि खुला रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई भदौ २६ मा बन्द भयो । 

सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जस मध्य उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको हो। 

सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका मंगलबार साँझसम्म कम्पनीको सेयर खरिदका लागि ४६४ जनाले ९१ हजार ३९० कित्ता खरिदका लागि आवेदन दिएका छन् ।अब अवितरित सेयर अब दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने सेयरमा थपेर जारी हुनेछ ।

सुरुमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरिएको थियो । यस अघि  नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने भाद्र ११ गते आईपीओ निष्काशन बन्द भइसकेको छ।

अब १ करोड १० लाख कित्ता माथिको सेयरकम्पनीको आइपिओ सर्वसाधारणलाई ल्याउने तयारीमा कम्पनी लागेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको