Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०८ : १३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

 प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ। आज दिनको १ बजेलाई बैठक बोलाइएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको