Like us!
Follow us!
Connect us!
Watch us!

६ बैंक जसले गरे सजिलै अर्थमन्त्रीको आग्रह स्वीकार, कसको कति घटाए ब्याज ?

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १० : ०५ मा प्रकाशित

६ बैंक जसले गरे सजिलै अर्थमन्त्रीको आग्रह स्वीकार, कसको कति घटाए ब्याज ?

अधिकाश सबै वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार  भदौ महिनाको तुलनामा ७ वाणिज्य बैंकले असोज महिनाको व्याजदर बढाए भने ४ बैंकले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिए। तेस्तै ६ बैंकहरुले घटाएका छन्।

ब्याजदर बढाउने बैंक

आज सार्वजनिक गरेको ब्याजदरमा हिमालयन बैंक, नबिल बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक ,नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टेमन्ट मेगा बैंकले ब्याजदर बढाएका छन्।

यी सात वाणिज्य बैंक मध्य सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ।  यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

ब्याजदर यथावत राख्ने र घटाउने बैंक

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र प्रभु बैंकले आश्विन महिनामा ब्याजदरमा केहि परिवर्तन गरेनन। 

तेस्तै  ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक तथा सरकारी राष्ट्रिय वाणिज्य बैंक,र नेपाल बैंकले ब्याजदर घटाएका छन्।
यी बैंकहरु मध्य नेपाल बैंक सबैभन्दा धेरै ब्याजदर घटाएको छ। 

अर्थ मन्त्रालयले बैंकहरूलाई ब्याजदर नबढाउने शर्तमा स्थानीय तहको सञ्चित काेषमा रहेको पैसा चलाउने स्वीकृति दिएको छ । बैंकहरुले ब्याज नबढाउने शर्तमा बैंकहरुलाई स्थानीय तहको सञ्चित काेषमा रहेको निक्षेपको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिएकोमा अर्थमन्त्रीको निर्देशनलाई मान्दै ६ बैंकले ब्याजदर घटाए भए ४ बैंकले ब्याजदर यथावत राखे। 
 

स्थानीय तहको सञ्चिती कोषमा १ खर्ब १० अर्ब रकम रहेको छ । त्यसको ६० प्रतिशतले करिब ६६ अर्ब बैंकहरुले अब निक्षेपका रुपमा गणना गर्न पाएका छन्। अर्थमन्त्रीले पटक पटक बैंकको ब्याजदर घटाउन गरेको आग्रहलाई यी बैंकले भने यो ७ बैंकले भने अर्थमन्त्रीको आग्रह अस्वीकार गरेको प्रस्टै देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको