Like us!
Follow us!
Connect us!
Watch us!

सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क  कारको आयोजनामा''वाइल्ड स्टे विथ चौंरी''आयोजना हुदै सहभागी शुल्क ३० हजार

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १३ : ०२ मा प्रकाशित

सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क  कारको आयोजनामा''वाइल्ड स्टे विथ चौंरी''आयोजना हुदै सहभागी शुल्क ३० हजार

नेपाली सांगेतिक  क्षेत्रमा एउटा सदाबहार गीत छ माथिमाथि शैलुङ्गेमा  चौंरी डुलाउनेलाई

हत्केलामा मायाको गुराँस फुलाउनेलाई

भन्दिनू है भन्दिनू है मेरो चुल्ठो खाली छ

उनको त्यो मनै जाली छ............  । 

कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ''वाइल्ड स्टे विथ चौंरी'' आयोजना गर्ने भएको छ । 

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौर गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमर दीप भट्टराईले जानकारी दिएका छन् ।

असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टर्राईले जानकारी दिए । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भन्डारी,  कलाकार निखिल उप्रेती, सन्दर्भ दीप क्षेत्री, दिलीप रायमाझी,गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर, ट्राभल सिर्जना बिज्जुलगायतको उपस्थिति रहने भट्टराई ले जानकारी दिए ।

असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई एक्सप्लोरु गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाइनेछ । आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले  कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

हिमालयको  'पानारोमा भ्युु, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ । वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरूको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविष्यमा पनि निरन्तरता दिइने  संयोजक भट्टराईको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रूपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको