Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकमा लगानी गर्ने हो ? हेर्नुहोस्, एक कम्पनीको विश्लेषण

शुक्रबार, १७ कार्तिक २०७४, ०८ : २१ मा प्रकाशित

सिटिजन्स  बैंकमा  लगानी गर्ने हो ? हेर्नुहोस्, एक कम्पनीको विश्लेषण

 सिटिजन्स बैङ्क इण्टरनेशनल लिमिटेड : कम्पनी विश्लेषण  (शुक्रवार, १७ कात्तिक २०७४)

प्रमुख गतिविधि

हिमालयन कम्पनीले असोज ९ गते सम्पन्न गरेको ११औं वार्षिक साधारणसभाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निमित्त शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । बोनस शेयरपछि कम्पनीको पूँजी ८ अर्ब पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ३१ करोड ९० लाख रुपैयाँ कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८ प्रतिशत कम हो । बैङ्कले गत वर्षको सोही अवधिमा ३४ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।

  • यो आवमा कम्पनीको चुक्ता पूँजी गत आवको सोही त्रैमासको तुलनामा ४५ प्रतिशत वृद्धि भएर ८ अर्ब २ करोड पुगेसँगै राष्ट्र बैङ्कले तोकेको न्यूनतम पूँजीको लक्ष्य हासिल भएको छ ।

  • यसैगरी कम्पनीले यस आवमा जगेडा कोषमा २ प्रतिशत वृद्धि गर्दै १ अर्ब ६८ करोड रुपैयाँ छुट्याएको छ । गत आवको सोही अवधिमा बैङ्कको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ सञ्चित थियो ।

  • निक्षेपमा ९ प्रतिशत वृद्धि गरी ५४ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन गरेको छ । कर्जा १४ प्रतिशत वृद्धि गरी ५० अर्ब रुपैयाँ पुगेको छ ।

  • १ वर्षको अवधिमा बैङ्कले १० प्रतिशत खुद ब्याज आम्दानी बढाउँदै ४८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

  • सञ्चालन मुनाफा २० प्रतिशत वृद्धि गरी ४२ करोड ३१ लाख रुपैयाँ पु¥याएको छ ।

  • बैङ्कले जोखीमबापत ५ करोड ४७ लाख रुपैयाँ व्यवस्था गरेको छ भने ७ करोड १० लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

  • निष्क्रिय कर्जा थोरै वृद्धि भएर १ दशमलव ९९ प्रतिशतमा आएको छ । निष्क्रिय कर्जाका लागि १३५ दशमलव ३१ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • पूँजी कोष लागत ४ दशमलव ३४ प्रतिशतबाट वृद्धि भएर ८ दशमलव शून्य २ पुगेको छ भने ब्याज स्प्रेड दर ३ दशमलव ३६ प्रतिशत रहेको छ ।

  • बैङ्कको प्रतिशेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९ दशलमव ३१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २१ दशमलव ०२ रुपैयाँ र तरलता अनुपात २३ दशमल ३८ प्रतिशत रहेको छ ।

निष्कर्ष
गत आवमा ४४ करोड राइट ब्याक गरेको कम्पनीको यो वर्ष जम्मा ७ करोड मात्र राइट ब्याक भयो । यस कारण कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड कमी भयो । यो अवधिमा कम्पनी पूँजी ४५ प्रतिशत वृद्धि हुँदा खुद नाफा ८ प्रतिशत कमी आएको कारण कम्पनीको प्रतिशेयर आम्दानी २४ दशमलव ९३ रुपैयाँबाट घटेर १५ दशमलव ९० रुपैयाँमा आएको छ ।

प्राविधिक विश्लेषण : सिटिजन्स बैङ्क टेवाक्षेत्रमा

प्रतिरोध : ३१५ देखि ३२४ को क्षेत्र । टेवा १ : २८९ । टेवा २ : २२७ । हालको अन्तिम मूल्य : २९५

बजारको अवस्था
यस यस कम्पनीको २ नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य २ सय ९५ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा १ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशत कम हो । अन्तिम दिनको परिमाण १८ हजार ५ सय ६७ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ४९ सय ७ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
२ महीनादेखि मूल्य प्रवृत्तिहीन देखिएको र हाल मूल्य २ सय ८९ को टेवा क्षेत्रमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : २ महीनादेखि मूल्य प्रवृत्तिहीन रहेकोले ६ दिनको ईएमएले दिएको सङ्केत प्रभावकारी देखिँदैन ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ३७ अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार केही सकारात्मक देखिन्छ ।

मैनबत्ती : अन्तिम २ दिनको मैनबत्तीहरूले डोजी आकृति बनाएको देखिन्छ । यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने सङ्केत गर्दछ ।

डिमाण्ड इण्डेक्स : यसको प्रवृति केन्द्र रेखा अर्थात् शून्य बिन्दुभन्दा तल झरेकोले हाल मागभन्दा आपूर्तिको चाप रहेको सङ्केत गर्दछ ।

निष्कर्ष
मूल्यको प्रवृत्ति र उल्लिखित सूचकहरूलाई समग्र रूपमा हेर्दा हाल बजार प्रवृत्तिहीन रहे पनि मूल्य टेवाक्षेत्रमा रहेको देखिन्छ र यदि मूल्य ३ सय २४ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुने सङ्केत गर्दछ । त्यस्तै, यदि मूल्य २ सय ८९ भन्दा तल झरेमा मूल्य नकारात्मक क्षेत्रमा हुने सङ्केत गर्दछ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको