Like us!
Follow us!
Connect us!
Watch us!

तीजको दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, ११ : ५७ मा प्रकाशित

तीजको दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबारका दिन भने बढेको छ ।

आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख  १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । आज तेजाबी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ चाड पर्व नजिकिएसँगै बजारमा सुनचाँदीको किनमेल गर्नेको सङ्ख्या बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४  सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको