Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ११ : ०९ मा प्रकाशित

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । आइतबार २ सय रुपैयाँले घटेको सुनको सोमबार १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको