Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धी, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १० : ४९ मा प्रकाशित

सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धी, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ  । सोमबार र मंगलबार दुईदिन स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ६ सयरुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन१ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला१ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको