Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६४ हजार नाघ्यो

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १० : ५७ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख  ६४ हजार नाघ्यो

सुनको मूल्यले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो। बिहीबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो भने बुधबार सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको