Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, ११ : ०२ मा प्रकाशित

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा  शुक्रबार सुनचाँदीको मूल्यमा गीरावट आएको छ  । बिहीबार स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला ४ सय रुपैयाँले गीरावट आएको छ  भने चाँदीको मूल्यमा १० रुपैँयाले गीरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन  प्रतितोला  १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको