Like us!
Follow us!
Connect us!
Watch us!

सुन मूल्यमा पुन: नयाँ रेकर्ड,तोलाको १ लाख ६० हजार नाघ्यो

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ११ : ०३ मा प्रकाशित

सुन मूल्यमा पुन: नयाँ रेकर्ड,तोलाको १ लाख ६० हजार नाघ्यो

सुनको मूल्यले लगातार ५ दिन नयाँ रेकर्ड बनाएको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको छापावाला सुनआज १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको