Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुदैछ कारोबार

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १२ : २९ मा प्रकाशित

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुदैछ  कारोबार

पछिल्लो समय निरन्तर रुपमा सुनको मूल्य बढी रहेको छ । पछिल्ला चार दिनदेखि सुनचाँदीको कारोबारमा गति आएको देखिन्छ ,कारोबार बढेसँगै सुनचाँदीको मूल्य समेत  निरन्तर रूपमा बढेको हो ।

हिजो सोमबारका दिन छापावाला सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज मङ्गलवारका दिन प्रतितोला ५०० रुपैयाँले बढेका छ । मङ्गलवार छापावाला सुन प्रतितोला मूल्य एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै मङ्गलवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । एक हजार ४१० सय  रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । चार्ड पर्व नजिकिएसँगै बजारमा सूनचादीँको  कारोबार बढ्न थालेको महासङ्घको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको