Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्य सहित एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १४ : ५५ मा प्रकाशित

डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्य सहित एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

एनएमबि बैङ्कले डिजिटल बैङ्किङ प्रवर्द्धन गर्ने लक्ष्यका साथ अत्याधुनिक ‘डिजी स्टेसन’को सुरुवात गरेको छ।

डिजी स्टेसन ग्राहकहरूलाई सहज र सुविधाजनक बैङ्किङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो। जसमा नगद जम्मा, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट स्वचालित प्रणालीबाट गर्न सकिन्छ।

डिजी स्टेसनको सुरुवातले बैङ्किङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैङ्कले लिएको छ। प्रथम चरणको डिजी स्टेसनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरिएको छ।

क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाखभन्दा कम रकम बैङ्कको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा छ। साथै चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको