Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद पारित गर्ने मुख्य एजेण्डा

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०७ : १७ मा प्रकाशित

शिव श्री हाइड्रोपावरले डाक्यो  साधारण सभा, हकप्रद पारित गर्ने मुख्य एजेण्डा

शिव श्री हाइड्रोपावरले  साधारण सभा आवहान गरेको  छ। हकप्रद पारित गर्ने मुख्य एजेण्डा संहित कम्पनीले साधारण सभा बोलाएको हो। 

साधारणसभाबारे थप जानकारी 

 मिति, स्थान र समय

मिति :२०८० साल आश्विन महिना २५ गते बिहीबार तदनुसार Oct 12, 2023)
स्थान :यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाण्डौ
समय: विहान ११:०० बजे

कम्पनीले प्रस्तुत गरेका प्रस्ताव 

क) सामान्य प्रस्ताव
१. संचालक समितिको तर्फबाट अध्यक्ष ज्यूले पेश गर्नु हुने आ.व. २०७५/०७६ २००६/०७० २००७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने 
२. आ.व. २०७५/०७६ २००६/०७० २०७०/०७८ र २०७४/०७५ को लेखापरिक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने
३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/००० का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने 
४. सञ्चालक समितिको निर्वाचन गर्ने 
ख) विशेष प्रस्ताव
१. निम्न विषयका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिर्माजन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिर्माजन गर्ने सम्बन्धी सम्पूर्ण तिवारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।
(अ) कम्पनीको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा ।
(आ) नियमावलीमा हकप्रद शेयर निस्काशन गर्ने तथा हक हस्तान्तरण गर्ने व्यवस्था थप गर्ने सम्बन्धमा ।
इ) हाल कायम चुक्ता पूँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा ।
ई) प्रस्ताव नं.(इ) बमोजिम जारी गरिने हकप्रद सेयरको हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।
ग) विविध ।

 बुकक्लोज कहिले ?
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १७ गते लाई  बुकक्लोज मिति तय गरेको छ । जस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको