Like us!
Follow us!
Connect us!
Watch us!

थप दुई म्युचुअल फन्डले पाए निष्कासनको अनुमति, डेढ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्ने

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०८ : ५८ मा प्रकाशित

थप दुई म्युचुअल फन्डले पाए निष्कासनको अनुमति, डेढ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्ने

नेपाल धितोपत्र बोर्डले दुई म्युचुअल फन्डलाई प्रारम्भिक निष्कासनको अनुमति दिएको छ ।

बोर्डले एनआइबिएल सहभागिता फन्डलाई भदौ २२ गते तथा सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्कीमलाई भदौ २९ गते निष्कासनको अनुमति दिएको हो । खुलामुखी योजना 'एनआइबिएल सहभागिता फन्ड'ले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ तथा क्लोज्ड फन्ड 'सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्कीम'ले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ बिक्री अनुमति पाएको हो ।

एनआइबिएल सहभागिता फन्डको कोष व्यवस्थापकमा एनआइएमबि एस क्यापिटल लिमिटेड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्कीमको कोष व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको