Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको प्रचण्डको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित, संयुक्त वक्तव्य जारी हुन सकेन

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, ०८ : ३१ मा प्रकाशित

प्रधानमन्त्रीको प्रचण्डको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित, संयुक्त वक्तव्य जारी हुन सकेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण औपचारिकतामा मात्रै सीमित हुने सम्भावना बढेको छ। सोमबार चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुई पक्षीय वार्ताको संयुक्त वक्तव्य जारी हुन सकेको छैन ।

आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता प्रधानमन्त्रीको भइसकेको छ। सोमबार बेइजिङमा एक दर्जन बढी विषयमा सहमति भएको भनिए पनि ती विषय समेटेर संयुक्त वक्तव्य आउन नसकेको छैन ।

कृषि, विद्युत, पूर्वाधार, सीमा व्यवस्थापन तथा सीमा क्षेत्रको विकासलगायतका १३ बूँदे सहमति भएको बताइए पनि  संयुक्त वक्तव्य आउन नसकेनुलाई चीनले संयुक्त वक्तव्यप्रति चासो नदिएको बुझिन्छ। 

बीआरआई लगायत केही विषयमा नेपालले सहमति नजनाउँदा चीन नेपाल सँग रुष्ट बनेको छ। चीनले बीआरआई र ग्लोबल सेक्युरिटी इनिसिएटिभ ९जीएसआई०, ग्लोबल डेभलप्मेन्ट इनिसिएटिभ ९जीडीआई०, ग्लोबल कल्चरल इनिसिएटिभ ९जीसीआई० लाई संयुक्त वक्तव्यमा समावेश गर्न जोड गरेको तर प्रधानमन्त्री दाहालले ती कुनै पनि कार्यक्रममा नेपाल तत्कालै सहभागी हुन नसक्ने अडान लिएका चीन पक्ष पनि संयुक्त वक्तव्यलाई महत्व दिन नचाहेको बुझ्निएको छ। 

चीनले पोखरा विमानस्थल र लुम्बिनी विमानस्थल लगायत केही परियोजना र उर्जा व्यापारलाई बीआरआई अन्तर्गत राख्नुपर्ने अडान लिएको छ ।

तेस्तै चीन भ्रमणअघि चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सूचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, यसमा केहि सफलता र सहमति भएन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको