Like us!
Follow us!
Connect us!
Watch us!

आज साताको अन्तिम कारोबार, यी कम्पनीको लाभांश प्राप्त गर्ने मौका

अर्थ संसार

बुधबार, १० असोज २०८०, ११ : २७ मा प्रकाशित

आज साताको अन्तिम कारोबार, यी कम्पनीको लाभांश प्राप्त गर्ने मौका

बिहीबार इन्द्रजात्राको अवसरमा सरकारले उपत्यकामा बिदा दिएपछि सेयर कारोबार पनि बन्द हुने भएको छ ।

बिहीबार बजार नखुल्ने हुँदा बुक क्लोज घोषणा गरेका केही कम्पनी तथा म्युचुअल फन्डको लाभांश प्राप्त गर्ने आज अन्तिम अवसर हुनेछ । यसमध्ये ओरियन्टल होटेल्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज घोषणा गरेको छ । अर्थात कम्पनीले घोषणा गरेको ५.२६३२ प्रतिशत नगद लाभांश असोज १२ अघि कायम रहेका सेयरधनीले मात्र प्राप्त गर्नेछन् ।

यसैगरी एनएमबी ५० र एनएमबी हाइब्रीड एल-१ ले पनि असोज १२ गते बुक क्लोज मिति तय गरेका छन् । दुवै म्युचुअल फन्डले १५-१५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । सनराइज फर्स्ट म्युचुअल फन्डको १६ नगद लाभांश सुरक्षित गर्न पनि असोज १ अघि नै फन्डहोल्डर बनिसक्नुपर्नेछ भने सानिमा इक्विटी फन्डले पनि असोज १ गते नै बुक क्लोज गर्ने जनाएको छ । सानिमा इक्विटी फन्डले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यसैगरी प्रभु सेलेक्ट फन्डले पनि ९.५ प्रतिशत नगद लाभांशका लागि असोज १२ गते नै बुक क्लोक मिति तय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको