Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार रोकिदिने चेतावनी सहित नेप्सेले सुचिकृत कम्पनीलाई भन्यो नवीकरण शुल्क तिर्नु

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ०८ : ३३ मा प्रकाशित

सेयर कारोबार रोकिदिने चेतावनी सहित नेप्सेले सुचिकृत कम्पनीलाई भन्यो नवीकरण शुल्क तिर्नु

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नै नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउ आग्रह गरेको हो।

नेप्सेले असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।

नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले वार्षिक ५० हजार तिर्नुपर्ने हुन्छ। तेस्तै ५० करोड बढी पुँजी भएका कम्पनीले वार्षिक १ लाख शुल्क तिर्नु पर्ने नेप्सेले जनाएको छ ।

 

6514e98f6ecad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको